Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

सार्बजानिक स्थानमा खोपकार्ड अनिवार्य, माघ १५ सम्म बिद्यालय बन्द


समृद्ध अनलाईन २६ पुष २०७८, सोमबार ०६:२८ मा प्रकाशित ( हफ्ता अघि) ११९१९ पाठक संख्या

काठमाडौं, पुस २६ गते  । कोरोना भाइरसको संक्रमण बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरेको छ ।

आइतबार बसेको सिसिएमसीको बैडकले माघ ७ गतेदेखि सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि खोप कार्ड अनिवार्य गरेको हो ।

सीसीएमसीसीले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला तथा सभा समारोह गर्न रोक लगाएको छ । कुनै प्रकारका राजनीतिक, प्रशासनिक, सामाजिक र प्रकृतिका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ भने माघ१५ सम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ ।

यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टरमा अनिवार्य  राख्ने सीसीएमसीसीको निर्णय छ ।

त्यसैगरी सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेष्ट बुथहरु राख्ने र कोरोना खोपलाई अभियानकै रुपमा अगाडि बढाउने सीसीएमसीसीको निर्णय छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार शनिबारसम्म कोरोना संक्रमणको दरमा कमी भए पनि आइतबार यो संख्या ह्वात्तै बढेर १ हवार १६७ जनामा पुष्टि भएको छ ।