Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

एमाले ओखलढुंगामा कट्वाल,  निर्वाचनले लयायो मिश्रित परिणाम


समृद्ध अनलाईन २७ पुष २०७८, मंगलवार ०९:५२ मा प्रकाशित ( हफ्ता अघि) २२३२२ पाठक संख्या

ओखलढुंगा, पुस २७ गते । नेकपा (एमाले) ओखलढुंगाको जिल्ला अधिवेशनको मत गणना सम्पन्न भएको छ ।
अन्तिम मत परिणाम अनुसार एमाले ओखलढुंगा जिल्ला  अध्यक्षमा शंकर कट्वाल निर्वाचित भएका छन् ।

प्राप्त मत परिणाम अनुसार कटुवालले १२४ बढी मत ल्याई विजयी भएका छन् । २६ गते राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार उनका प्रतिष्पर्धी सीताराम गुरुङले २ सय ७६ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा हर्कबोल राई ४ सय १६ मत ल्याई ६७ मतान्तरले निर्वाचित भएका छन भने सचिवमा कमल न्यौपाने ३ सय ६५ मत ल्याएर विजयी हुँदा उनि ६५ मतान्तरले निर्वाचित भएका छन् ।
उप-सचिवमा मणिराज राईले ३ सय ५४ मत र अशोक थापाले ३ सय ३७ मत ल्याएर निर्वाचित भएका छन् ।
एमाले ओखलढुंगाको जिल्ला अधिवेशनमा दुई समुहको उम्मेदवारी रहेको थियो । जिल्ला कमिटीमा दुवै समुहबाट मिश्रित नतिजा अाएको छ ।