Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

तपाईंको आजको राशिफल के छ दिनभरीको भाग्य


समृद्ध अनलाईन २८ पुष २०७८, बुधबार १०:४४ मा प्रकाशित ( हफ्ता अघि) ८५८६ पाठक संख्या

आज २०७८ साल पुस २८ गते बुधबार १२ जनवरी २०२२,  पौष शुक्लपक्ष दशमी तिथि ।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाईंको पारिवारिक प्रेम बढ्नेछ , रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ,तर मध्याह्न तिर मनमा त्रास बढ्ने योग रहेको छ, यात्रा गर्दा साबधानी अपनाउनु होला चन्द्रमालाई सम्झेर जल चढाउदा राम्रो हुनेछ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – तपाईंलाई अाज सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ , खर्च बढ्ने योग भएता पनि उचित ठाउँमा हुनेछ , पुलिस प्रशासनको कारबाहीमा पर्नसक्ने संभावना छ। ॐ नम: शिवाय मन्त्र १०८ पटक जप गरि कार्य सुरु गरेमा सफलता प्राप्त गर्न सकिनेछ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – पारिवारिक जमघट तथा मिष्ठान भोजनको अवसर प्राप्त हुनेछ , अधुरा कामहरू बन्नाले मन प्रसन्न रहनेछ, सेतो कपडामा चामल बाधेर दिनको सुरुवात गर्दा अति उत्तम हुनेछ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यर्थको भ्रमण हुनेछ, पशु चौपाया तथा सवारी साधनबाट नोक्सानी उठाउनु पर्ला, छाती तथा हातको दुखाईले सताउन सक्छ सावधानी अपनाउनु होला, कालो कपडा तथा बस्तुबाट टाढा रहेमा राम्रो हुनेछ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – अध्ययन अध्यापनमा रुचि बढ्नेछ , सन्तान पक्षको सहयोगले इज्जत तथा प्रतिष्ठा बढ्नेछ , नयाँ नयाँ अवसरहरु आउनेछन् , मन प्रफुल्ल हुनेछ, आजको दिन केटाकेटीलाई मिठाइ खुवाएर सुरु गर्दा राम्रो हुनेछ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – मौसमी रोगले सताउने छ। मनमा त्रास भैरहनेछ, गरिरहेका कार्य पनि अधुरै रहनेछन । आजको दिन नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुनेछ, आजको दिन दुधजन्य पदार्थ सेवनबाट टाढा रहेमा सब अनुकुल रहने छन् ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – कुनै शुभ कार्यको सुरुवात गर्न आजको दिन उत्तम रहेको छ लामो समय देखि रोकिएको कार्यको आज सम्झौता हुनसक्नेछ, मनमा भने दुबिधा हुनेछ। आज तपाईंको बौद्धिकताको परिक्षण हुनेछ, तपाईं आज नदि, तलाउ वा पानी भएको स्थानबाट टाढा रहदाँ राम्रो हुनेछ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शत्रुहरु बढ्नेछ्न , बिहानै देखि मनमा तनाव हुनेछ । खर्च बढ्ने योग छ, स्वास्थमा प्रतिकुल असर पर्नेछ। बोल्दा सावधानी अपनाउनु होला। पश्चिम तिरको यात्रा नगर्नुहोला, पशुपंक्षीलाई अन्नपानी दिदा भने राम्रो हुनेछ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – तपाईंको अधुरा रहेका पुराना कार्य पुरा हुनेछन् , कुनै रचनात्मक कार्यमा अग्रसर भईनेछ, ठुला बढाको सहयोग पाइने समय छ। मन प्रफुल्ल होला। आजको दिन गुड सेवन गरि सुरु गरेमा अझ राम्रो हुनेछ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) –
मनमा रोगको भय रहिरहनेछ,आर्थिक तथा सामाजिक रूपमा नोक्सानी बेहोर्नु पर्ला, मित्रहरू टाढिन सक्छ्न, बोल्दा सावधानी अपनाउनुहोला, कुकुर तथा पशुचौपाया बाट टाढा रहनुहोला, आजको दिन ॐ नमो भगवते बासुदेवाय मन्त्र १०८पटक जप गरि दिनको सुरुवात गर्दा राम्रो हुनेछ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – तपाईंको आजको दिन निकै फलदायी रहनेछ,काम गर्ने जोस जागर मा कमि आउने छैन , आर्थिक लाभ हुनेछ सुनौला अवसर आउनेछ्न, अधुरा काम बन्नेछन् , सरकारी पक्षबाट सहयोग मिल्नेछ , आजको दिन गरिव लाई सहयोग गर्दा अझ राम्रो हुनेछ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – तपाईंको आजको दिन आर्थिक तथा सामाजिक पक्षबाट नकारात्मक प्रभाव पर्ने देखिन्छ ,दण्ड जरिवाना पनि हुन सक्छ।खानपिन मा सावधानी अपनाउनुहोला स्वास्थमा समस्या आउनसक्छ , आजको दिन काग वा कुकुरलाई रोटी खुवाएर सुरुवात गर्दा राम्रो हुन्छ।