Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

सिन्धुलीको गोलन्जोरमा तरकारी बोकेको गाडी दुर्घटना, एकजनाको मृत्युु


समृद्ध अनलाईन २८ पुष २०७८, बुधबार १४:०० मा प्रकाशित ( हफ्ता अघि) १५०५० पाठक संख्या

सिन्धुली, पस २८गते । सिन्धुलीमा तरकारी लोड भएको योद्धा पिकप दुर्घटना हुर्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राती विपि राजमार्ग स्थित गोलन्जोर गाउँपालिका ७ माथिल्लो बारामा लाहानबाट काठमाडौँ तर्फ जादै गरेको योद्धा गाडि आफै अनियन्त्रि भइ दुर्घटना हुदाँ गाडिमा सवार एक व्यक्तिको मृत्यु भएको हो ।

सडकको बाँया साइडको भित्तामा गाडिले च्यापिएर सिराह धनगढिमाई नगरपालिका ९ जिरो माइलका २५ वर्षिय किसन कुमार साहको घट्नास्थल मै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रदेश नम्बर ३¬०१ ०२४ च ४२७६ नम्बरकोे तरकारी लोड भएको योद्धा गाडि आफै अनियन्त्रीत भइ सडक भित्ताको साईड नालामा पल्टिएको थियो । चालक र अर्का एक ब्याक्ती घाइते भयका छन । घाइतेकाे खुर्कोट स्थित जीवन अस्पतालमा उपचार भईर हेकाे प्रहरीले जनाएको छ।